धनुषाको १८ मध्ये १० पालिकाको यस्तो आयो नतिजा

Read Time = 3 mins

पुरन साह
जनकपुरधाम । धनुषा जिल्लाको १८ स्थानिय तह मध्ये १० को नतिजा सार्वजानिक भइरहँदा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । एक उपमहानगर, ११ नगर र ६ गाँउपालिका रहेको धनुषाको अहिले सम्मको ९ पालिकाको नतिजा अनुसार कांग्रेस ५, एमाले २ र जसपा ३ पालिका जितेको छ ।
कांग्रेसले जितेको पालिकाहरुमा कमला नगरपालिका, बटेश्वर गाँउपालिका, धनुषाधाम नगरपालिका, धनौजी गाँउपालिका र लक्ष्ममीनियाँ गाँउपालिका रहेको छ । त्यसैगरि एमालेले औरही नगरपालिका र विदेह नगरपालिका रहेको छ । उता जसपाले जित हात पारेको तिन पालिकाहरु शहिदनगर नगरपालिका र जनकनन्दनी तथा मुखियापट्टी मुसहरनिया गाँउपालिक रहेको छ ।
कांग्रेसले जितेका पालिका र प्रमुखहरु ः
कमला नगरपालिका – विशेश्वर यादव
बटेश्वर गाँउपालिका – रामअशिष महतो
धनुषाधाम नगरपालिका – बालेश्वर मण्डल
धनौजी गाँउपालिका – राजकुमार साह
लक्ष्मीनिया गाँउपालिका – भोगेन्द्र मिश्र
जसपाले जितेको पालिका र प्रमुखहरु ः
शहिदनगर नगरपालिका – दिनेश प्रसाद यादव
जनकनन्दनी गाँउपालिका – दिपिन देव यादव
मुखियापट्टी मुसहरनिया गाँउपालिका – जय कुमार यादव
एमाले जितेको पालिका र प्रमुखहरु ः
औरही नगरपालिका – उमाशंकर प्रसाद साह
विदेह नगरपालिका – वेचन दास
अहिले सम्म नतिजा आएको १० पालिकाको उपप्रमुखहरु ः
कमला नगरपालिका – शिला देवी मण्डल – कांग्रेस
बटेश्वर गाँउपालिका – फुल कुमारी सिंह – कांग्रेस
धनुषाधाम नगरपालिका – विद्यादेवी भुजेल – कांग्रेस
धनौजी गाँउपालिका – रामवती देवी मण्डल – कांग्रेस
लक्ष्मीनिया गाँउपालिका – फुलकुमारी यादवनी – कांग्रेस
शहिदनगर नगरपालिका – सुनिता कुमारी सिंह – कांग्रेस
जनकनन्दनी गाँउपालिका – कमला सहगल – कांग्रेस
मुखियापट्टी मुसहरनिया गाँउपालिका – सैदा खातुन – जसपा
औरही नगरपालिका – पुनम कुमारी साह – एमाले
विदेह नगरपालिका – आशा देवी झा – एमाले
उपप्रमुख तर्फ अहिले सम्म नतिजा सार्वजानिक १० पालिकाहरु मध्ये सातमा कांग्रेस, दुईमा एमाले र एकमा जसपाले जितेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?