भरतपुरमा रेनु दाहालको तीन हजार बढीको अग्रता

Read Time = 1 min

भरतपुर । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो ।

दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गर्नुभएको हो । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
कांग्रेस १५औँ महाधिवेशन : नेतृत्वका लागि उम्मेदवारी दर्ताको रौनक, विभिन्न पदमा नेताहरूको… कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी, गगन थापासँग प्रतिस्पर्धा कांग्रेस उपसभापतिमा सुरेन्द्रराज पाण्डेको उम्मेदवारी कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी, उपसभापतिमा पनि धमाधम मनोनयन नेप्से १२ अंकले बढ्यो, कारोबार रकम भने घट्यो एमालेमा विद्यादेवी भण्डारीको भूमिका स्पष्ट, अध्यक्षपछिको दोस्रो वरीयता कांग्रेसको १५औँ महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी बाढीले जीर्ण बनाएको कोल्पुखोला पुल, जोखिम मोलेरै आवतजावत दशैँमा घर फर्किने यात्रुलाई २३ असोजदेखि अग्रिम टिकट खुल्ने कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो