काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।
एक सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने दलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) रहेका छन् ।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसथा सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । हालसम्म ५७० वटा पालिकाको मतगणना सकिएको छ भने १८३ वटामा मतगणना जारी रहेको छ ।
अन्तिम मतपरिणाम आइसकेका ५७० वटा पालिकामध्ये २५३ वटामा नेपाली कांग्रेस, १६४ मा नेकपा एमाले र १०५ वटामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका छन् ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल