अर्थतन्त्रको सुधारका लागि पहल गरिएन : नेता रावल

Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी छ ।

बैठकमा नेकपा (एमाले) का सांसद भीमबहादुर रावलले अर्थतन्त्रको सुधारका लागि पहल गर्न नखोजेको आपत्ति जनाउँनुभयो । उहाँले कृषि उतपादन र कृषि उत्पादकत्वमा ध्यान नदिइएको जनाउँदै देशभित्रै रोजगारीको अभिवृद्धि गर्न, विदेशी कामदार ल्याउनै नपर्ने व्यवथा गर्न माग गर्नुभयो । उहाँले माथिल्लो कर्णालीजस्ता र पश्चिम सेती जलविद्युत ठूला आयोजना आफैँले निर्माण गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “सुशासन कायम गर्न सरकारको तर्फबाट विशेष ध्यान दिनुपर्छ । ”

सोही दलका सांसद विशाल भट्टराईले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल गर्दा अर्थमन्त्री जनार्दन शर्माको उपस्थिति नभएकामा आपत्ति जनाउनुभयो । उहाँको आपत्तिपछि सभामुख अग्निप्रसाद सापकोटाले यसबारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित मन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्नुभयो । अर्थमन्त्री नआउँदासम्म सदनमा उपस्थित अन्य मन्त्रीलाई टिपोट गर्न निर्देशन दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?