झापा । झापाको काकँडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन् ।
सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका ५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।
मेचीनगर ६ काँडभिट्टास्थित मेची पुल नजिकै लागु औषध व्युरो र इलाका प्रहरी कार्यालय काकँडभिट्टाको टोलीले विशेष सूचनाको आधारमा जैसीलाई सुनसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आइरहेका जैसीमाथि शंका लागेर प्रहरीले खोजतलासी गर्दा उनले लगाएको जुत्ताभित्र १० १० तोला तौल भएको तीन वटा विस्कुट आकारको सुन भेटिएको डिएसपी थापाले बताए । बरामद गरिएको सुनको नेपाली बजार मूल्य २८ लाख रुपैयाँ रहेको छ । पक्राउ परेका जैसी पश्चिम बंगालको सिलीगुढी पुगेर आएको बताइएको छ ।
उनले त्यहीबाट सुन लिएर आएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको बिषयमा थप अनुसंन्धान भइरहेको छ । यता पक्राउ परेको जैसीलाई सुनसहित आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय बुझाइसकेको डिएसपी पाठकले बताउनु भयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल