नेपालले दियो युगान्डालाई सय रनको लक्ष्य

Read Time = 2 mins

काठमाडौं । तेस्रो टी-२० शृंखलामा घरेलु टोली नेपालले युगान्डालाई जितका लागि एक सय रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको हो ।

नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाइन् । ५४ बलको सामना गरेकी ज्योतिले ५ चौका प्रहार गरेकी थिइन् । यस्तै, कप्तान रुविना क्षेत्रीले १८ रन बनाउँदा सीता राना मगरले १२ रन बनाइन् । सरिता मगर र कविता कुवँर शून्यमा आउट भए ।

बिन्दु रावल, इन्दु बर्मा, रोमा थापा र डल्ली भट्टले भने दोहोरो अंक जोड्न सकेनन् । युगान्डाको लागि फिओना कुलुमे, साराह एकिटेङ र कोन्सी अवेकोले समान दुई विकेट लिए । यस्तै, जनित एमबाबाजी र रिता मुसामालीले एक विकेट लिए ।

नेपाल आज पहिलो जित निकाल्दै शृंखलामा पुनरागमन गर्न चाहन्छ । यता, युगान्डा भने लगातार तीन खेल जिँत्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?