कर्जन्हा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा जसपाका उम्मेदवार विजयी

Read Time = 1 min
A A- A+

सिरहा । कर्जन्हा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवारले विजयी हासिल गर्नुभएको छ। नगरपालिकाको मेयरमा एमाले र उपप्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित हुनु भयो ।

मेयरमा भोलाप्रसाद पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी ९जसपा०, नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ निर्वाचित भएकी हुनु भयो । पोखरेललले तीन हजार आठ सय ३९ र उपप्रमुखमा विजयी श्रेष्ठले तीन हजार चार सय ८७ मत ल्याएउनु भयो ।

उहाँका निकटतम प्रतिस्पर्धीहरू जसपाका केशवप्रसाद साहले तीन हजर दुई सय २३ र नेकपा माओवादीका उम्मेदवार तथा नविर्तमान मेयर गंगा पासवानले दुई हजार चार सय ८२ मत प्राप्त गर्नुभयो । उपमेयर श्रेष्ठकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निर्मलाकुमारी देवी पासवानले तीन हजार ९५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा नविर्तमान उपमेयर ज्ञानु कुमारी श्रेष्ठले दुई हजार चार सय ५६ मत प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?