गोदावरीमा गठबन्धनका उम्मेदवार विजयी

Read Time = 1 min

ललितपुर । गोदावरी नगरपालिकामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जन र कांग्रेसबाटै उपमेयरकी उम्मेदवार मुना अधिकारी विजयी हुनु भएको छ ।

नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार कांग्रेसका मेयरका उम्मेदवार महर्जनले १९ हजार एक सय ७० मत पाउनु भएकोछ। उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार गम्भीर महर्जनले १५ हजार दुई सय ३२ मत पाउनु भयो ।

कांग्रेसकी उपमेयरकी उम्मेदवार मुना अधिकारीले १८ हजार पाँच सय ३६ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी रमी प्रधानाङ्गले १४ हजार तीन सय पाँच मत पाउनु भयो ।

गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले मेयर उपमेयर पदसँगै १४ वडामध्ये ११ वडामा विजय हासिल गरेको छ ।

महर्जन र अधिकारी २०७४ मा पनि विजयी हुनु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?