उमा कुङफुका अध्यक्ष महर्जन मेयरमा निर्वाचित

Read Time = 1 min
A A- A+

काठमाडौं । काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जन मेयरमा निर्वाचित हुनुभएको छ । स्थानीय तहको निर्वाचनमा महर्जन नेपाली कांग्रेसबाट काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएको नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जनले जनाउनुभएको छ ।

महर्जनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर बोहरालाई चार हजार १८० मत अन्तरले पराजित गर्नुभएको छ । महर्जनले ११ हजार ९८८ तथा बोहराले सात हजार ८०८ मत प्राप्त गर्नुभयो । निर्वाचित महर्जन सितोरियो कराँतेका पूर्वखेलाडी भएको सचिव रमेश महर्जनले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?