लखनउ । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ । कोलकाता नाइट राइडर्सलाई दुई रनले हराउँदै लखनउले प्लेअफमा स्थान सुरक्षित गरेको हो । हारसँगै कोलकाता भने आइपिएलबाट बाहिरिएको छ ।
जितका लागि २११ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा आठ विकेट गुमाउँदै २०८ रनमात्रै बनाउन सक्यो । कोलकाताका कप्तान श्रेयस ऐरले २९ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५० रन बनाउनुभयो । यस्तै साम विलिंग्स २४ बलमा दुई चौका र तीन छक्कासहित ३६ तथा सुनिल नारायणले सात बलमा तीन छक्कासहित २१ रन बनाउनुभएको थियो । नितिश राणा २२ बलमा नौ चौकासहित ४२ रनमा आउट हुनुभयो ।
लखनउका मोहसिन खानले चार ओभरमा २० रन खर्चेर तीन तथा मार्कस स्टोइनिसले दुई ओभरमा २३ रन खर्चेर तीन विकेट लिनुभयो ।
त्यसअघि लखनउले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई २१० रन बनाएको थियो । लखनउका विकेटकिपर तथा ओपनर क्विन्टन डि कक ७० बलमा १० चौका र १० छक्कासहित सर्वाधिक १४० रनमा अविजित रहनुभयो । डि ककले ५९ बलमा आइपिएल करिअरको दोस्रो शतक प्रहार गर्नुभएको हो । यस्तै कप्तान लोकेश राहुलले ५१ बलमा तीन चौका र चार छक्कासहित ६८ रनमा अविजित बनाउँदै जित दिलाउनुभयो ।
क्विन्टन डि कक र लोकेश राहुलले दुई दुर्लभ कीर्तिमानसमेत बनाउनुभयो । यो आइपिएल इतिहासमा २१० रन ओपनरले गरेको सर्वाधिक ठूलो साझेदारी हो । सन् २०१९ मा सनराइजर्स हैदराबादका जोनी बेयरस्टो र डेविड वार्नरले बैंग्लोरविरुद्ध पहिलो विकेटका लागि १८६ रनको साझेदारी गर्नुभएको थियो ।
त्यस्तै आइपिएल इतिहासमा पहिलो पटक ओपनरले पूरै २० ओभर खेलेको कीर्तिमान बनेको छ । यसअघि कुनै पनि संस्करणमा ओपनरले पूरै २० ओभर भने खेलेका थिएनन् । डि ककको १४० रनको इनिङ एक ब्याटरले आइपिएलमा बनाएको तेस्रो ठूलो रन हो । क्रिस गेलले सन् २०१३ मा बैंग्लोरबाट पुणे वारियर्सविरुद्ध बनाएको अविजित १७५ रन आइपिएल इतिहासको सर्वाधिक ठूलो इनिङ हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच