टी-२० लिगमा ‘ए’ ग्रेडका खेलाडीले १५ लाख पाउने

Read Time = 3 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो ड्रिम प्रोजेक्टका रूपमा घोषणा गरेको नेपाल टी-२० क्रिकेट लिगमा ‘ए’ ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने भएका छन् । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि ‘ए’ ग्रेडका खेलाडीले उक्त रकम पाउने क्यान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि क्यानले खेलाडीलाई तीन ग्रेडमा समेत विभाजन गरेको छ । मल्लका अनुसार ‘बी’ ग्रेडमा रहने खेलाडीले १० लाख र ‘सी’ ग्रेडमा रहने खेलाडीले पाँच लाख रुपैयाँ पाउनेछन् ।

भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँगको सहकार्यमा क्यानले लिग आयोजना गर्न लागेको हो । लिगको रणनीतिक र कमर्सियल साझेदारीका रूपमा सेभेन थ्री स्पोटर््स रहनेछ । क्यानले यसअघि नै सेभेन थ्री स्पोर्ट्ससँग आठ वर्षका लागि ३३ करोडमा लिगको अधिकार बेचिसकेको थियो ।

प्रतियोगिता टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम तथा अवेका रूपमा गरी डबल राउन्ड रोबिनका आधारमा हुनेछ । पहिलो वर्ष ६ टोलीमात्र हुनेछन् । प्रतियोगिता झण्डै एक महिनासम्म चल्नेछ । ६ शहरको नाममा फ्रेन्चाइज टोलीको नाममा रहने क्यानले जनाएको छ ।

‘दुई वर्षको प्रयासपछि हामीले घोषणा गरेका छौँ । यसले नेपालको क्रिकेट विकासमात्र होइन, आर्थिक विकास, पर्यटकीय र व्यावसायिक हिसाबले फड्को मार्ने विश्वास लिएका छौं,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भन्नुभयो, ‘यसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने विश्वास छ । युवा खेलाडीले पनि व्यावसायिक खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?