‘रोड रेज’ मुद्दामा सिद्धुलाई एक वर्षको जेल सजाय

Read Time = 1 min

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले कांग्रेस नेता तथा पूर्वक्रिकेटर नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ । सर्वोच्च अदालतले तीन दशक पुरानो ‘रोड रेज’ मुद्दामा सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको हो ।

२७ डिसेम्बर १९८७ मा सिद्धुको ६५ वर्षीय गुरनाम सिंहसँग पटियालाको पार्किङमा झडप भएको थियो । पछि गुरनाम सिंहको मृत्यु भयो । सिद्धुविरुद्ध हत्याको मुद्दा दर्ता भएको थियो । यस मामिलामा ट्रायल कोर्टले सिद्धुलाई सफाइ दिएको थियो ।

गाडी हटाउने विषयमा नवजोत सिद्धु र उहाँका साथीको गुरनाम सिंहसँग विवाद भएको थियो । यसै क्रममा गुरनाम सिंह लडनुभएको थियो र पछि उहाँको अस्पतालमा मृत्यु भएको थियो । मृतकका आफन्तको उजुरीमा सिद्धु र उहाँका साथीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?