काठमाडौं । गायक राजु लामा सगरमाथा आरोहणपछि बिहीबार काठमाडौं फर्किनु भएको छ । उहाँलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका गायक राजुलाई स्वागत गरिएको हो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उहाँ यसैसाता इम्याजिन नेपाल एक्सिपिडिसनमार्फत सर्वोच्च शिखर आरोहण गर्नुभएको थियो ।
६ हजार ५ सय मिटर उचाइको क्याम्प-३ मा उहाँले सांगीतिक प्रस्तुतिसमेत दिनुभएको थियो । जहाँ उहाँले नयाँ गीतसहित मंगोलियन हार्टका चर्चित गीत गाउनुभएको थियो । स्वागतसँगै गायक राजुले भन्नुभयो, ‘सबैको आशिर्वादले म टुप्पोमा पुगें । म रोएँ । थाम्नै सकिन । मन दुख्यो मलाई । तर इट्स ब्युटीफुल ।’
उहाँले भन्नुभएको छ, ‘मलाई गर्व महसुस भयो कि हामी यति ब्युटीफूल देशमा छौं । सगरमाथाको कृपाले मैले पनि पाइला टेक्ने अवसर मिल्यो ।’ उहाँले कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने सन्देश दिन आफू हिमाल चढेको बताउनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :