काठमाडौं । इसेवाले ‘बिमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना ल्याएको छ । बिमितले घरमै बसेर बिमा शुल्क भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ ल्याएको यो योजना भदौ ५ गतेसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।
योजनामा इसेवाबाट कुनै पनि जीवनबिमा कम्पनीको बिमा शुल्क भुक्तानी गर्ने व्यक्तिमध्येबाट बम्पर उपहारमा एकजनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्ने बताइएको छ ।
त्यस्तै उपहार विजेता बिमितको बिमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् । योजना अवधिभर बिमा शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक दिन एकजनाले गोलाप्रथामार्फत् एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । योजना नेपालमा सञ्चालिन सबै बिमा कम्पनीको शुल्क भुक्तानीमा लागू हुने पनि कम्पनीले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :