११ सय रुपैयाँमै दुई सय एमबिपिएस

Read Time = 2 mins

काठमाडौं । अब ११ सय रुपैयाँमै वल्र्डलिंकको दुई सय एमबिपिएस इन्टरनेट चलाउन पाइने भएको छ । वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ३३ सय रुपैयाँमै दुई सय एमबिपिएसको तीनमहिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै सस्तो दरको इन्टरनेट प्याकेज ल्याइएको कम्पनीले जनाएको छ । ग्राहकका लागि उक्त प्याकेज बजारमा उपलब्धमध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ ।

केबल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्नेछ । राउटर डिपोजिट र इन्टरनेट शुल्कबाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नुपर्दैन । नयाँ प्याकेजबाट विशेषगरी नेट टिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने बताइएको छ । ग्राहकले पाँचवटा डिभाइसमार्फत् कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाईफाई मोबिलिटी’ को सुविधा पाउनेछन् ।

यसका साथै ‘तुरुन्तै सर्भिस ग्यारेन्टी’ का रूपमा इन्टरनेटमा समस्या आउँदा दुई घण्टाभित्र समाधान नभए थप दुई दिनको इन्टरनेट सुविधासमेत उपलब्ध हुनेछ । सो बाहेक ‘टाइम ब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समयसमेत थप हुने कम्पनीले जनाएको छ । नेट टिभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको दुई सय एमबिपिएसको तीनमहिने प्याकेज लिन सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?