माइती नेपालमा वित्तीय साक्षरता

Read Time = 2 mins

काठमाडौं । एनएमबी बैंकले माइती नेपालका दिदीबहिनीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माइती नेपालका ५३ जना दिदीबहिनीको सहभागिता रहेको आयोजकले जनाएको छ । बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदीबहिनीलाई उत्प्रेरणा दिँदै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवामा विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का, कार्यक्रम सञ्चालक युवराज कोइराला, एनएमबीका कर्मचारी डा. बुद्धि मल्ल, शरद पौडेल र नवीन पन्थको उपस्थिति रहेको थियो ।

महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी रहेको बैंकले नारी सशक्तीकरणका लागि विभिन्न समयमा विभिन्न महिला समूहलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको छ । माइती नेपालका दिदीबहिनीका लागि आयोजित यस्ता कार्यक्रमले उनीहरूमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ पुग्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?