भव्यरूपमा अघि बढ्दै हिमाल सफाइ अभियान

Read Time = 2 mins

काठमाडौं । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाललगायत चार हिमशृंखलाको नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारका रूपमा कोका-कोला फाउन्डेसन रहेको अभियानमा अन्य थुप्रै संस्थाले पनि सहकार्य गरेका छन् ।

क्याम्पेनमा नेपाली सेना र शेर्पा गरी जम्मा ७७ जना सदस्य रहेको कोका-कोला कम्पनीले जनाएको छ । वार्षिक ११ सय आरोही आउने आठ हजार मिटरभन्दा बढी उचाइका उल्लेखित चार हिमालमा आरोहीसँगसँगै ठूलोमात्रामा फोहोर पनि भित्रिन्छ, जसले हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीका रूपमा रहेको छ ।

सोही समस्या समाधान गर्न गत अप्रिल ५ देखि हिमाल सफाइ अभियान सुरु गरिएको थियो, जसमा हालम्म चारवटा हिमशृंखलाबाट २९ हजार नौ सय ९८ के जी (पाँच हजार दुई सय चार केजी कुहिने र २४ हजार सात सय ९४ केजी नकुहिने) फोहोर संकलन भइसकेको कम्पनीले जनाएको छ । ती फोहोरमा रित्तो अक्सिजन क्यानिस्टर, पाल, खानेकुराका कन्टेनर, प्लास्टिक, ग्लास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरलगायत रहेको बताइएको छ । ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?