काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम राख्नुभएको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिनुभएका शाहले २६ हजार ७५ मत प्राप्त गर्नुभएको छ ।
शाहलाई निरन्तर पछ्याई रहनुभएका नेकपा (एमाले)का मेयर पदका उम्मेद्वार केशब स्थापितले १४ हजार ५६ मत ल्याउनु भएको छ ।
यस्तै, गठबन्धनकी साझाँ उम्मेद्वार नेपाल कांग्रेसकी सिर्जना सिंहले १३ हजार एक सय मत ल्याउनुभएको छ ।
शनिबार बिहान पौने दश बजेबाट सुरु भएको मतगणना जारी छ । पहिलो स्थानमा रहनुभएका शाह र दोस्रो स्थानका स्थापितबीच १२ हजार १९ को मतान्तर रहेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :