काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसबाट दीपक रिसाल निर्वाचित हुनुभएको हो । जितसँगै कांग्रेसले बिहीबार जोरपाटीबाट सुन्दरीजलसम्म विजय जुलुस निकालेको छ ।
विजय र्यालीमा नवनिर्वाचित नगरप्रमुख दीपक रिसाल, पूर्व–नगरप्रमुख एवं कांग्रेस काठमाडौं ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, नवनिर्वाचिन वडाअध्यक्ष नारायणबहादुर सुवेदी, नन्दलाल श्रेष्ठ र राजीव थापालगायत नवनिर्वाचित वडा सदस्य, पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो ।
विजय र्यालीपछि सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह र पहिलो सभामुख कृष्णप्रसाद भट्टराई, पार्टी नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनलगायत नेताको शालिकमा नवनिर्वाचित नगरप्रमुख रिसाललगायत जनप्रतिनिधिले माल्यार्पण गर्नुभएको थियो ।
माल्यार्पणपछि विजय र्याली जोरपाटी चोकमै आएर समापन भएको थियो । बुधबार सम्पन्न मतगणनामा रिसाल नेकपा (एमाले)का नगरप्रमुख पदका उम्मेदवार उद्धव विष्टभन्दा एक हजार १८८ मतान्तरमा विजयी हुनुभएको थियो । उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभयो । वडा नं १, २, ३, ६ र ७ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं ५, ८ र ९ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरप्रमुख, उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजय भएका थिए । त्यसबेला वडा नं १, ३, ५, ६, ८ र ९ को वडाध्यक्ष पनि कांग्रेसले जितेको थियो । वडा नं २ मा राप्रपाले वडाध्यक्ष जितेको थियो । वडा नं ४ मा स्वतन्त्रले जित्दा वडा नं ७ मा एमालेले वडाध्यक्ष जितेको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल