निर्वाचन परिणामले देखाएको तस्वीर

Read Time = 6 mins

गत वैशाख ३० गते सम्पन्न स्थानीय निकायको निर्वाचनको परिणाम आइरहेकै छ । अहिलेसम्म धेरैजसो परिणाम प्राप्त भइसकेका छन् । ठूला केही ठाउँको मात्र परिणाम आउन बाँकी छ । सामान्यतया शान्तिपूर्ण तरिकाले सम्पन्न भएको भए तापनि केही ठाउँमा केही सानातिना कारणले स्थगित भएका भए तापनि ती ठाउँमा पुनः निर्वाचन भएर पनि परिणामसमेत लगभग आइसकेको छ । भरतपुर र काठमाडौं जस्ता महानगरपालिकामा मतगणनाको कार्य अझैसम्म कायम छ । ती ठाउँको परिणाम आउन अझै केही समय लाग्नेछ तर अन्यत्रको सबैजसो परिणाम आइसकेको हुँदा प्राप्त परिणामका आधारमा यसको चित्र उतार्न सकिन्छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त जनोर्चा सरकारमा गठबन्धनमा रहेका छन् ।

यिनै पार्टीहरूले गठबन्धन गरेर निर्वाचनमा भाग लिएका थिए । यो गठबन्धनमा पार्टीको हैसियत र प्रभाव क्षेत्र हेरेर स्थानीय तहमा गरिएको गठबन्धनबाट परिणाम सोही किसिमकै आएको छ । नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो र यो पार्टीले हालको परिणामबाट आपूmलाई ठूलो पार्टीकै रूपमा स्थापित गर्न सकेको छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्र तेस्रो ठूलो पार्टी बन्न सफल भएको छ । गठबन्धन नगरिएको भए माओवादी केन्द्रलाई यस पोजिसनमा अडिन मुस्किल हुनसक्थ्यो । भन्न त यो पार्टीका केही नेताहरूले नेपाली कांग्रेसले आपूmलाई थोरै सिट दियो भनेर गुनासोसँगै नेपाली कांग्रेसमा इमानदारी देखिएन भनेका छन् तर त्यो वास्तविकता भन्दा परको कुरा हो ।

गठबन्धन नभएको भए नेपाली कांग्रेसका हाल प्राप्तमध्ये केही सिट गुम्नसक्थे र नेकपा एमाले अहिलेको भन्दा केही अगाडि हुनसक्थ्यो । एमालेबाट फुटेको नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी भने वर्तमान अवस्थाबाट असन्तुष्ट भएको धारणा प्रकट गरिरहेका छन् । तर, यथार्थ के हो भने एक्लाएक्लै निर्वाचनमा गएका भने अहिलेको अवस्था पनि उनीहरूले प्राप्त गर्न सक्थे वा सक्दैनथे भन्ने सन्देह छ । यसरी नेपाली कांग्रेस पहिलो पार्टी हो र अहिलेको परिणामबाट पहिलो पार्टीकै रूपमा रहन पुगेको छ । माओवादीभित्र भने अन्तर्घात भयो भनेर चर्चा चलाइएको छ । त्यसो त अन्तर्घात नेपाली कांग्रेसभित्र पनि भएको छ ।

यो नेपाली कांग्रेसभित्रको पुरोनै रोग हो, यसको बीजोरोपण कांग्रेसका शीर्ष नेतृत्वबाटै भएको थियो जो अहिलेसम्म झागिँदै र फैलिँदै आइरहेको छ । नेपाली कांग्रेसभित्र धेरै चर्चा हुने भनाइ के छ भने कांग्रेस हार्दैन यदि हार्छ भने नेपाली कांग्रेसकै कारणबाट हार्छ कांग्रेसकै सदस्यले मत नदिएर वा विपक्षी पार्टीको चिहृनमा मत दिएर हार्छ । यस पटकको निर्वाचनमा पनि एमालेका धेरै गढ भत्किरहँदा समेत केही पहिले जितेका ठाउँसमेत गुमेका छन् । यसको कारण यही अन्तर्घात हो । एमाले समाजवादीका नेता माधवकुमार नेपाल यो निर्वाचनको गम्भीर समीक्षा गर्छौं भनिरहनुभएको छ तर उहाँको भरखरमात्र स्थापना भएको पार्टीले यसभन्दा बढी अपेक्षा सोम शर्माको ‘सातु’ सावित हुने निश्चित थियो ।

संगठन विस्तारसमेत भइनसकेका कारण गठबन्धनमा नसमेटिनु भएको भए उहाँको यति पनि विजय हुन मुस्किल हुन्थ्यो । डा.बाबुराम भट्टराईले पनि कांगेस र माओवादीले सेटिङ गरेर लाभ लिए भन्नुभएको छ । गठबन्धनभित्रै छ उहाँको पार्टी पनि र कतिपय ठाउँमा उहाँको पार्टीसँग सेटिङ भएको छ । जसको जहाँ जति जनमत छ सोहीअनुसार गठबन्धन भएको हो । त्यसैले उहाँको पार्टीले पनि केही ठाउँमा विजय हासिल गर्न सकेको हो । थोरै स्थानमा मात्र विजय भएकाले उहाँले यस्तो आक्षेप ठूला दुई पार्टीमाथि लगाउनुभएको हुनसक्छ । यस्ता आरोप तराईवादी पार्टीहरूले पनि लगाएका छन् । यस्ता आक्षेप जित्न नसक्ने पार्टीहरूले लगाउने प्रचलन नै भइसकेको छ । जसले जे भने तापनि यथार्थमा गठबन्धनबाट गठबन्धनका पार्टीहरूलाई फाइँदै भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?