काठमाडौं । जारी मतगणनामा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहसँग भारी मतले पछाडि पर्नुभए एमालेका केशव स्थापितले मतान्तर घटाउन थाल्नुभएको छ ।
दोब्बर मतले पछाडि पर्दै आउनुभएका स्थापितले काठमाडौं– २७ को मत गणना हुन थालेपछि मतान्तर घटाउनुभएको हो ।
पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २६६०१, एमालेका केशव स्थापितले १४३८६ र कांग्रेसकी सिर्जना सिंहले १३४०८ मत पाउनुभएको छ ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतले अगाडी हुनुहुन्छ । उहाँले २६५७५ मत पाउँदा गठबन्धनका उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले ८५९१ मात्रै मत पाउनुभएको छ ।
शनिबार बिहान पौने दश बजेबाट सुरु भएको मतगणना जारी छ । पहिलो स्थानमा रहनुभएका शाह र दोस्रो स्थानका स्थापितबीच १२ हजार १९ को मतान्तर रहेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल