-चन्द्रकान्त खनाल
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलकै वडामा एमाले पराजित भएको छ । वडामा कांग्रेसले ३० बर्षपछि जितेको हो ।
बुटवल–८ को वडाध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी निर्वाचित हुनुभएको छ । कांग्रेसका पंगेनीले एमालेका ज्ञानप्रसाद अर्याललाई ३१ मतले पराजित गर्नुभएको हो । वडाध्यक्षमा निर्वाचित कांग्रेसका पंगेनीले एक हजार ५३९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अर्यालले ५०८ मत प्राप्त गर्नुभयो । एमालेले २०४९ सालपछि पहिलो पटक यो वडा गुमाएको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवारको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो गणनाअनुसार सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार खेलराज पाण्डेयले २३ हजार ४३३ मत पाउनुभएको छ ।
नेकपा (एमाले)का उमेदवार बाबुराम भट्टराईले १७ हजार ३९ मत ल्याउनुभएको छ । उहाँहरूबीचको मतान्तर ६ हजार ३९४ छ ।
उपप्रमुखमा एमालेकी उमेदवार सावित्रा अर्यालको अग्रता छ । अर्यालले १६ हजार ८८ मत पाउनुभएको छ । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का चिनबहादुर गुरुङले ११ हजार ६२० मत ल्याउनुभएको छ ।
१९ वडा रहेका बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३, १४, १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ । यहाँ १०, १४, १८ र १९ एमालेले जितेको छ भने १ मा स्वतन्त्र उमेदवार वडाध्यक्षमा विजयी भएका छन् ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल