कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा गएराती दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
गड्डाबाट सुकासालतर्फ जाँदै गरेको म २ प ८०२४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको म २ प २७६ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ८०२४ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका–१० का ३८ वर्षीय बिरेन्द्र चन्दको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
अर्को मोटरसाइकलका चालकलाई थप उपचारका लागी धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय गड्डााचौकीले जनाएको छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध