एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी

Read Time = 1 min

काठमाडौं । मतगणना सकिएका स्थानीय तहमध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म ६३५ पालिकाको मतगणना सम्पन्न भएको छ । आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो ।

मतगणना सम्पन्न भएकामध्ये सबैभन्दा बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेलेभन्दा कांग्रेसले १०६ बढी पालिकामा विजय प्राप्त गरेको छ । एमालेले हालसम्म १७७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

आयोगका अनुसार मतगणना भइरहेको पालिकामध्ये हाल ४३ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?