सर्लाहीको ईश्वरपुरमा कांग्रेसका आचार्य र चौधरी विजयी

Read Time = 1 min

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मतगणनाको सम्पन्न मतपरिणामअनुसार ईश्वरपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका मनोजकुमार आचार्य विजयी हुनुभएको हो ।

आचार्यले कुल ८४८० मत प्राप्त गर्दा, निकटतम प्रतिस्पिर्धी एमाले उम्मेदवार एवं निवर्तमान मेयर मनोजकुमार देवकोटाले ५९६० मतमात्र प्राप्त गर्नुभयो ।

उपमेयरमा पनि कांग्रेसकी रंजितादेवी चौधरी विजयी हुनुभएको छ । चौधरी एमाले उम्मेदवार एकावती देवी चौधरीलाई १९१५ मत अन्तरले पछि पार्दै विजयी हुनुभएको हो। कांग्रेसकी चौधरीले ८२६८ मत प्राप्त गर्दा एमालेकी एकावती देवीले ६३५३ मतमात्र प्राप्त गर्नुभयो ।

१५ वटा वडा रहेको नगरपालिकामा ६ वटामा एमाले, ६ वटामै कांग्रेस, एकमा जनता समाजवादी पार्टी, एकमा लोकतान्त्रिक समाजवादी पार्टी र एक स्थानमा माओवादी केन्द्र विजयी भएको छ । यो सँगै कांग्रेसले सर्लाहीको ११ पालिकामा विजय हासिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?