सर्लाहीको कविलासी मेयर र उपमेयरमा कांग्रेस विजयी

Read Time = 1 min
A A- A+

सर्लाही । कविलासी नगरपालिकामा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् ।

कविलासी नगरपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका उम्मेदवार ब्रम्हदेव राय निकटतम प्रतिस्पर्धी जनता समाजवादीका राम नरेश रायलाई १७८१ मत अन्तरले पराजित गर्दै विजयी हुनु भयो । ब्रम्हदेवले कुल ६४४४ प्राप्त गर्नुभयो । निकटतम रहनुभएका जसपाका राम नरेशले ४६६३ मत मात्र प्राप्त गर्नुभयो ।

नगरको उपमेयर पदमा समेत कांग्रेसकी उम्मेदवार पुनम कर्ण विजयी हुनु भयो। कर्णले निकटतम प्रतिस्पर्धी जनता समाजवादीकी उम्मेदवार एवं निवर्तमान उपमेयर राधा देवीलाई १९९१ मत अन्तरले पराजित गर्नुभयो । कर्णले कुल ६९०७ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी देवीले ४९१६ मतमात्र पाउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?