विद्युतीकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु : नवनिर्वाचित अध्यक्ष कुलुङ

Read Time = 2 mins

भोजपुर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाले बिद्युतीकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष दौलथ कुलुङले बताउनु भएको छ ।

शुक्रवार भएको सपथग्रहण कार्यक्रमका लागि भोजपुर सदरमुकाम आउनु भएका कुलुङले आफु अव पहिलो प्राथमिकतामा बिद्युतीकरणका कार्यक्रमलाई अगाडी बढाउने पक्षमा रहेको बताउनु भयो ।

सपथग्रहण पश्चात प्रतिक्रिया दिदै गाउँपालिका अध्यक्ष कुलुङले पहिलो प्राथमिकता बिद्युतीकरण, दोश्रो सडक, तेश्रो रोजगारीका लागि कृषिलाई प्रोत्साहन गर्दे कृषि सहकारी मार्फत अगाडी बढने मुख्य तीन वटा रहेको बताउनुभयो । पालिका भित्र छ वटा वडा रहेको बताउँदै अध्यक्ष कुलुङले ती वडा मध्ये एउटाको केही भागमा मात्र बिद्युतीकरणको कार्य सुरु भएकाले पहिलो प्राथमिकता बिद्युत भएको बताउनु भयो ।

जिल्लाकै दुर्गम गाउँपालिका भएकाले भौतिक पूर्वाधारका समस्या सहित सडकको सुधार, स्वास्थ्य सेवा लगायतमा सुधार गर्ने गरी काम गर्ने अध्यक्ष कुलुङको प्रतिबद्धता समेत रहेको छ । कुलुङ धारा चिन्न लिदै स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो उहाँ नेपाली कांग्रेसका पूर्वपालिका अध्यक्ष महेश राईलाई पराजित गर्दे आगामप् पाापँच बर्षका लागि गाउँपालिका अध्यक्षमा बिजयी हुनु भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?