बागलुङको ८५ वटै वडामा महिला नेतृत्व शून्य, पालिकामा दुई महिला

Read Time = 7 mins

-डम्मर बुढा मगर

बागलुङ । संविधानले गाउँ तथा नगरपालिकाको प्रमुख या उपप्रमुखमा एक महिला अनिर्वाय गरेको छ । एउटै चिन्हबाट चुनाव लड्दा प्रमुख र उपप्रमुख महिला पुरुष हुने व्यवस्था गरे पनि फरक फकर चुनाव चिन्हबाट चुनाव लड्दा यो व्यवस्था लागु नहुने स्पष्ट उल्लेख हुँदा बागलुङमा यस पटक महिल जनप्रतिनिधि निकै कम चुनिएका छन् । बागलुङको १० स्थानीय तहमा एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् ।

बागलुङको मतपरिणाम सार्वजनिक भइसम्दा ८५ वडा अध्यक्षमा सबै पुरुष हाबी भएका छन् । महिलाको संख्या भने शून्य छ । स्थानीय तहको निर्वाचन २०७४ को बागलुङको १० वटै पालिकामा महिला नेतृत्व आए पनि यस पटक महिलाको स्थान वडा सदस्यमै सीमित रह्यो । बागलुङमा ४ सय ४५ जना जनप्रतिनिधीको लागि भएको निर्वाचनमा पालिका प्रमुखमा १, उपप्रमुखमा १ जना महिला निर्वाचित भएका छन् । महिला सदस्य र दलित महिला सदस्यको कोटा नभएको भए पुरुषनै हाबी हुने देख्न्छि ।

चार नगर र ६ गाउँपालिका मध्ये २०७४ सालको निर्वाचनमा ६ पालिकाको उपप्रमखु र उपाध्यक्षमा महिला थिए । तर यसपालिको निर्वाचनमा बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी र तमानखोला गाउँपालिकाको उपाध्यक्षमा हिराकुमारी छन्त्याल मात्रै निर्वाचित भएका छन् । अन्य पालिकामा पुरुषले मात्रै नेतृत्व गर्ने भएका छन् । बागलुङमा एमालेले बागलुङ नगरपालिका बाहेक अन्य नौ पालिकाको उपप्रमुख र उपाध्यक्षमा महिला उम्मेदवार उठाए पनि जित्न सकेनन् ।

पाँच दलीय गठबन्धनका कारण गत निर्वाचनमा महिला नेतृत्व उपप्रमुख र उपाध्यक्ष पाएका गाउँपालिकाले समेत यस पटक महिला नेतृत्व गुमाउनु परेको छ । संविधानमा पालिकाको नेतृत्वको दुई पदमा एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्थाक गठबन्धन र तालमेलका कारण कार्यान्वय हुँन सकेन । अघिल्लो निर्वाचनमा ढोरपाटन नगरपालिकाको उपप्रमखुमा करमती पुन, गलकोट नगरपालिकाको उपप्रमुखमा रेणुका काउचा, निसीखोला गाउँपालिकाको उपाध्यक्षमा शोभा कुमारी कार्की, तमानखोला गाउँपालिकाको उपाध्यक्षमा मानसरी शेरचन, ताराखोला गाउँपालिकाको उपाध्यक्षमा दिल कुमारी पुन र बरेङ गाउँपालिकाको उपाध्यक्षमा दिल कुमारी पुन निर्वाचित भएका थिए ।

तर यसपाली गठबन्धनका कारण पाँच दलले कम मात्रै महिला उम्मेदवार उठाए भने एमालेले उठाएका सबै महिला उम्मेदवारहरुले हार व्यहोर्नु प-यो । बागलुङ नगरपालिकामा राप्रपासंग तालमेल गरेको एमालेले अन्य नौ पालिकामा एकल उम्मेदवारी दिएको थियो । जस मध्ये ढोरपाटन नगरपालिका प्रमुखमा देव कुमार नेपाली बाहेक अन्य पालिकामा जित हासिल गर्न नसक्दा महिला उम्मेदवार नेतृत्वमा आउन नसकेका हुन् ।
पालिकाको नेतृत्व महिला सहभागीको मात्रै कमी नभएर जिल्लाका ८५ वटा वडा रहेको बागलुङमा वडा अध्यक्षमा महिला नेतृत्व शून्य रहेको छ । गठबन्धले कांग्रेसबाट बडिगाडको अध्यक्षमा मात्रै महिला सिफरिस गरेको थियो भने तमानखोला गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको छुट्टाछुट्टै उम्मेदवारी थियो । जसमा कांग्रेस र माओवादीले उपाध्यक्षमा महिला उठाए पनि कांग्रेसका उपाध्यक्षमा हिरा कुमारी छन्त्याल विजयी भइन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा बागलुङ नगरपाकिला वडा नम्बर ३ को वडा अध्यक्षमा लक्ष्मी बाँस्कोटा र काठेखोला गाउँपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा चित्राकुमारी छन्त्याल विजयी भएकी थिइन् । तर अहिले ८५ वडाको नेतृत्वमा महिला शून्य भएको छ । यस पटकको निर्वाचनमा जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसबाट गंगा थापा र काठेखोला गाउँपालिकाकै वडा नम्बर ८ मा नेकपा एमालेका चित्राकुमारी श्रीसलाई उम्मेदवार बनाए पनि दुवैले विजय हाँसिल गर्न सकेनन् ।

जिल्लाका ८५ वटा वडामा महिला सदस्य र दलित महिला सदस्य गरि १७० जना महिला बाहेक १ सय ७० जना खुल्ला सदस्यमा ८ महिला, पालिका प्रमुख र उपप्रमुख गरि २० जना मध्ये १÷१ जना महिला निर्वाचित भएका हुन् । महिला नेतृत्वमा आउनकै लागि बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा केही महिलाहरुले उम्मेदवारी दिएका थिए । तर जित्न भने सकेनन् ।

बागलुङ नगरपालिकाको प्रमुखका लागि नेकपा मालेको तर्फबाट मञ्जुमाया क्षेत्री, गलकोट नगरपालिकाबाट मञ्जु शर्मा चालिसे लगायतले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उपप्रमुखमा निसीखोला गाउँपालिकामा राप्रपाबाट शान्तकुमारी चन्द, बागलुङ नगरपालिकामा ताराकुमारी रिजाल, शान्ती नेपाली, ढोरपाटन नगरपालिकामा ताराकुमारी पुन र पार्वती पुन, जैमिनी नगरपालिकामा उषा पौडेल लगायतले उम्मेदवारी दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?