रोयलको विजयी सुरुवात

Read Time = 2 mins

काठमाडौं । आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेस्रो रोयल यु-२३ पुरुष बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६-३० को फराकिलो अन्तरले पराजित गर्‍यो । रोयलका रवि पौडेलेले १९ अंक जोड्नुभयो । रोयल अघिल्ला दुवै संस्करणको विजेता हो ।

त्यस्तै जेभियर, विशाल मिलन केन्द्र (बीएमके) र टाइम्सले पनि जितका साथ यात्रा प्रारम्भ गर्नुभयो । जेभियरले क्वेस्टलाई ५८-३८ ले हरायो । जेभियरका लागि सम्राट भूमिले सर्वाधिक २० स्कोर गर्नुभयो ।

बीएमकेले शंकरदेव क्याम्पसमाथि ५८-५० को जित दर्ता गर्‍यो । बीएमकेका सोनम तेन्जिङले १९ अंक बटुल्नुभयो । अन्माइस नेपालविरुद्धको प्रतिस्पर्धामा टाइम्स ७७-४६ ले विजयी भयो । टाइम्सका मनीष केसीले १५ अंक जोड्नुभयो । प्रतियोगिताको आयोजक रोयलका सञ्चालकत्रय विनोद महर्जन, रविन खत्री र नृपेश श्रेष्ठले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा १० टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइएको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । विजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । फाइनल आगामी बुधबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?