काठमाडौं । साफ यु-२० फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच भिड्ने भएका छन् । भारतको भुवनेश्वरमा साउन ९ देखि २० गतेसम्म च्याम्पियनसिप आयोजना हुँदैछ ।
नेपाल, माल्दिभ्ससहित श्रीलंका, बंगलादेश र आयोजक भारतले प्रतियोगितामा भाग लिनेछन् । पहिलो दिन अर्को खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले साउन ११ गते श्रीलंकासँग, साउन १५ गते भारतसँग र लिगको अन्तिम खेल साउन १७ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीबीच साउन २० गते उपाधिका लागि प्रतिस्पर्धा हुने साफले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच