सगरमाथा आधार शिविरमा ‘वल्र्ड हाइएस्ट क्लाइमेट समिट’

Read Time = 4 mins

काठमाडौं । विश्व कीर्तिमानी समाजको आयोजनामा सर्वोच्च शिखर सगरमाथा आधार शिविरमा हुन लागेको ‘वल्र्ड हाइएस्ट क्लाइमेट समिट’ का लागि अमेरिकी वैज्ञानिकसहितको टोली आधार शिविरतर्फ गएको छ । जलवायु परिवर्तनले पारेको असर र न्यूनीकरणसम्बन्धी वैज्ञानिक तथ्यहरूलाई विश्व समुदायमा पु¥याउने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय र अमेरिकाको कोलोराडोस्थित कोलोराडो विश्वविद्यालयका वरिष्ठ वातावरण वैज्ञानिकहरूको सहभागितामा कार्यक्रम सम्पन्न हुन लागेको हो ।

मंगलबार काठमाडौं आइपुगेका दुईजना वातावरण वैज्ञानिक र त्रिभुवन विश्वविद्यालयका वैज्ञानिकको टोलीसहित आधार शिविर जाने टोलीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार उपराष्ट्रपति कार्यालयमा झण्डा हस्तान्तरण गर्नुभएको थियो । विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्चबहादुर राईलाई पुनले झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

झण्डा हस्तान्तरण गर्दै यो अत्यन्तै सराहनीय कार्य भएको बताउँदै राज्यले गर्नुपर्ने कार्य यसरी अन्य संघसंस्थाले गर्दा आफू अत्यन्तै खुशी भएको उपराष्ट्रपति पुनले बताउनुभयो । यो कार्यक्रमले विश्व समुदायलाई राम्रो सन्देश दिने उहाँले जनाउनुभयो । यदि हामीले जलवायु परिवर्तनमा सचेत नहुने हो भने अबको केही पुस्ताबाहेक जीवित नरहने उहाँले बताउनुभयो । ठूला र शक्तिशाली देशहरूले कार्बन उत्सर्जन गरेको कारण समस्या आएको बताउँदै उपराष्ट्रपति पुनले अलि बढी शक्ति राष्ट्रहरू नै जिम्मेवार रहनुपर्ने भन्दै अमेरिकी वैज्ञानिकहरूलाई आफ्नो विश्वविद्यालयले यससम्बन्धी पहल गर्न आग्रहसमेत गर्नुभयो ।

टोलीमा विश्वविद्यालयका वैज्ञानिकहरूसहित संस्थाका प्रतिनिधिहरू, वरिष्ठ साउन्ड इन्जिनियर, छायांकनलगायतको टिम रहेको छ । सगरमाथा आधार शिविरमा जेठ १५ गते कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका तर्फबाट प्राडा शिक्षाध्यक्ष शिवलाल भुसालको नेतृत्वमा अनुसन्धान विभागका निर्देशक प्राडा उमेश मण्डल, डा. नारायणप्रसाद घिमिरे, डा. दिवस श्रेष्ठ, कोलोराडो स्टेट विश्वविद्यालयबाट प्राडा जोयल बर्गर र कोलोराडो विश्वविद्यालय जोअन्ना ल्याम्बर्टको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?