यसकारण बालिन्छ दियो

Read Time = 2 mins

काठमाडौं । हाम्रो संस्कृतिमा प्रत्येक शुभकार्य, धार्मिक, सामाजिक र सांस्कृतिक कार्यक्रममा दियो प्रज्वलित गर्ने परम्परा रहँदै आएको छ । तर, तपाईंलाई थाहा छ दियो प्रज्वलित किन गरिन्छ । हाम्रा पूर्वजहरूले आगोलाई अग्निदेव भनेका छन् । यस्तो मान्यता छ कि अग्निलाई साक्षी राखेर जो पनि कार्य गरिन्छ त्यो अवश्य सफल हुन्छ भन्ने ।

यो पनि हो कि हाम्रो शरीरको रचनाको सहायक तत्वमा एक अग्नि पनि हो । अग्निको पृथ्वीमा सूर्यको परिवर्तित रूप मानिन्छ । यसकारण कुनै पनि देवी देवताको पूजा गर्दा समय ऊर्जालाई केन्द्रीभूत गर्नका लागि दीपक प्रज्वलित गर्ने गरिन्छ ।

यसको पछि अर्को मान्यता के पनि छ कि प्रकाश ज्ञानको प्रतीक हो । परमात्मा प्रकाश र ज्ञान रूपमा सबै ठाउँमा व्याप्त हुनुहुन्छ । ज्ञान प्राप्त गर्नाले अज्ञानरूपी मनोविकार टाढा भाग्छ र सांसारिक शूल मेटिन्छ ।

त्यसैले प्रकाशको पूजा नै परमात्माको पूजा मानिन्छ । मन्दिरमा आरती गर्ने समय दियो बाल्नुको उद्देश्य पनि के हो भने प्रभु हाम्रो मन र अज्ञानरूपी अन्धकार हटाएर ज्ञानरूपी प्रकाश फैलाउनुहोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?