‘विद्युतीकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु’–अध्यक्ष कुलुङ

Read Time = 2 mins

-निरोज कोइराला

भोजपुर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाले विद्युतीकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष दौलथ कुलुङले बताउनुभएको छ । शुक्रबार भएको शपथग्रहण कार्यक्रमका लागि भोजपुर सदरमुकाम आउनुभएका कुलुङले आफू अब पहिलो प्राथमिकतामा विद्युतीकरणका कार्यक्रमलाई अगाडि बढाउने पक्षमा रहेको बताउनुभयो ।

शपथग्रहणपश्चात् प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष कुलुङले पहिलो प्राथमिकता विद्युतीकरण, दोस्रो सडक, तेस्रो रोजगारीका लागि कृषिलाई प्रोत्साहन गर्दै कृषि सहकारीमार्फत अगाडि बढ्ने मुख्य तीनवटा रहेको बताउनुभयो । पालिकाभित्र ६ वटा वडा रहेको बताउँदै अध्यक्ष कुलुङले ती वडामध्ये एउटाको केही भागमा मात्र विद्युतीकरणको कार्य सुरु भएकाले पहिलो प्राथमिकता विद्युत भएको प्रष्ट पार्नुभयो ।

जिल्लाकै दुर्गम गाउँपालिका भएकाले भौतिक पूर्वाधारका समस्यासहित सडकको सुधार, स्वास्थ्य सेवा लगायतमा सुधार गर्ने गरी काम गर्ने अध्यक्ष कुलुङको प्रतिबद्धतासमेत रहेको छ । कुलुङ धारा चिन्न लिँदै स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । उहाँ नेपाली कांग्रेसका पूर्व-पालिका अध्यक्ष महेश राईलाई पराजित गर्दै आगामी पाँच वर्षका लागि गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?