सेयरमा गिरावट

Read Time = 3 mins

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार साढे २३ अंक घटेको बजारमा शुक्रबार पौने १६ अंकले घटेको हो । शुक्रबार नेप्से १५.८२ अंकले घटेर २२३५.०९ अंकमा झरेको छ भने ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स २.४७ अंकले घटेर ४३४.७३ अंकमा झरेको छ । बिहीबारको तुलनामा ३७ करोडले कारोबार रकम घटेर ९३ करोड २२ लाख छ हजार ८४ रुपैयाँ बराबरको सेयर काराबार भएको छ ।

दुई सय २३ कम्पनीका २५ लाख २४ हजार दुई सय ६८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये म्युचुअल फन्डबाहेक सबै घटेको छ । व्यापार सर्वाधिक २.३८ प्रतिशत, जीवन बिमा र निर्जीवन बिमा कम्पनीको सूचक पनि एक प्रतिशत अधिक घटेका छन् । म्युचुअल फन्ड ०.४६ प्रतिशतले बढेको छ ।

शुक्रबार अरुण काबेली पावरको तीन करोड दुई लाख, हिमालयन डिस्टिलरीको दुई करोड ८४ लाख, सांग्रिला डेभलपमेन्ट बैंक संस्थापकको दुई करोड ७६ लाख, नेपाल पुनर्बिमा कम्पनीको दुई करोड ६९ लाख, अपि पावरको दुई करोड ६७ लाख र नागरिक लगानी कोषको दुई करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यस दिन सबैको लघुवित्त, श्री इन्भेष्ट एन्ड फाइनान्स, लक्ष्मी लघुवित्तको सेयरमूल्य दुई प्रतिशतभन्दा बढीले घटेको छ भने तेह्रथुम पावरको सेयरमूल्य ४.९४ प्रतिशतले घटेको छ । प्रभु लाइफ, लुम्बिनी जनरल, सनराइज ब्लुचिप फन्ड, एसियन लाइफ, जनरल इन्स्योेरेन्स, नयाँ सारथी लघुवित्त, जोशी हाइड्रोपावर र अजोड इन्स्योरेन्सको सेयरमूल्य पनि तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?