टेलिकमका फोरजी ग्राहक एक करोड नाघे

Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमका फोरजी सेवाका ग्राहक संख्या एक करोड नाघेका छन् । २०७८ चैतको विवरणअनुसार फोरजी ग्राहकको आधार संख्या एक करोड चार लाख २१ हजार नौ सय ७६ पुगेको हो । सो अवधिमा कम्पनीका थ्रिजी ग्राहक आधार ९४ लाख ८२ हजार पाँच सय ८० रहेको छ ।

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार सात सय ८५ भएकोमा बाँकी २१ लाख ८७ हजार दुई सय २९ टुजीका ग्राहक रहेको कम्पनीका प्रवक्ता सोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अघिल्लो महिना अर्थात् २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार आठ सय ७४ र थ्रिजी ग्राहक आधार ९९ लाख ४३ हजार सात सय २९ रहेको थियो ।

नेपाल टेलिकमले नेपालमै पहिलोपटक २०७३ पुस १७ गतेदेखि काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी-एलटिई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?