पोखरामा ‘सेतो बाघ’

Read Time = 2 mins

काठमाडौं । नेचुरल स्पिरिट्स नेपाल एक उत्कृष्ट मदिरा उत्पादक कम्पनी हो । कम्पनीद्वारा उत्पादित सारंगी ब्रान्डको हिृवस्कीले क्रमशः मदिरा पारखीको मन जित्दै गएको सन्दर्भमा अर्को उत्कृष्ट ब्रान्डको भोड्का सेतो बाघ पनि बजारमा ल्याएको छ ।

नेपाली खाँटी स्वादको मदिराको रसास्वादन गर्न लालायित ग्राहकलाई लक्षित गर्दै सेतो बाघ ब्रान्डको भोड्का ल्याइएको कम्पनीले जनाएको छ । बजारमा उपलब्ध भोड्काभन्दा भिन्न तर उत्कृष्ट स्वादको भोड्का अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थको मिश्रण रहेको छ, जसले गर्दा शुद्ध भोड्काको रसास्वादन गर्न चाहने जोकोहीलाई एक चुस्कीमै गहिरो झड्का दिन्छ । हरियो खुर्सानी, जुनिपर र एन्जेलिकाका बिजहरू कञ्चन निर्मल भोड्कामा स्पष्ट देख्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?