काठमाडौं । उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । तर, लिभरपुलसँग यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो ।
कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि लिग गोल २७ पुर्याउन सकेनन् । गेराथ बेल जसले रियल मड्रिड छोड्ने तयारी गरेका छन् । उनी खेलमा सहभागी भएनन् ।
खेलमा रियलले तीन टार्गेट सट प्रहार गरेको थियो । यस्तै, रियल बेटिसका ४० वर्षीय खेलाडी जोआक्विनले ला लिगामा ६०० खेल खेलेका छन् । रियल मड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो । ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो । एजेन्सी
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल