काठमाडौंमा आज पनि बर्षाको संभावना, देशका अधिकाँश स्थानमा बदली

Read Time = 2 mins

काठमाडौं। आज (शनिबार) पनि देशका अधिकाँश स्थानमा आंशिक बदली भई बर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान प्रदेश-१ तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ। साथै प्रदेश-१, मधेश प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। काठमाडौंमा भने मौसम बदली रही साँझपख मेघगर्जनसहित बर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।

शनिबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुनेभएको छ। साथै देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?