पोखरा । पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ ।
जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले पाँच वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ ।
अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ । केहिबेरपछि १७, ३० र ३१ को मतगणना गर्न लागिएको छ । १६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन् ।
५० प्रतिशतभन्दा बढी गणना सकिँदा गठबन्धन उम्मेदवारको अग्रता कायम छ । नेकपा एसका धनराज आचार्यले २९ हजार ८०७ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २६ हजार ३६५ मत प्राप्त गरेका छन् । ७२ हजार ९१८ मत गणना हुँदा आचार्यले तीन हजार ४४२ मतले अग्रता कायम गरेका छन् ।
मेयरका अर्का उम्मेदवार राप्रपाका शंकरप्रसाद खरालले तीन हजार १४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले एक हजार ९६६ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट झिनो अन्तरले अगाडि हुनुहुन्छ । उहाँले ३० हजार २६० मत ल्याउनुभएको छ भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १७६ मत प्राप्त गर्नुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल