मानिसभित्रका शत्रुु

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

मानिस आफैंमा पूूर्ण होइन । मानिसलाई पूूर्ण गराउने आधारहरू छन् । ती आधारको पहिचान गरेमा आफैंमा मानिस पूूर्ण हुनेगरेको हुुन्छ । त्यसैले मानिसका पूूर्णता उसको पहिचान र भावना हो जसलाई उसले सदा जीवन्त बनाएर राखेको हुुन्छ । यसैमा उसको पहिचान र स्वभाव झल्केको हुुन्छ । सामान्यतया मानिसका आफ्ना आन्तरिक शत्रुु रहेका हुुन्छन् । तिनको उन्मूूलन उसले आफैं गर्ने हो । अरूको भरमा अरूको सहयोगमा मानिसभित्रका ती शत्रुुले बाहिर निक्लने अवसर पाएका हुुँदैनन् । शत्रुुको पहिचान गरी तिनको उन्मूलन गर्ने प्राणी संसारमा कुुनै छ भने त्यो मानिस हो । अन्य प्राणी शत्रुुताको समापनमा कहिले पनि जागृत हुुँदैनन् । त्यसैले मानिसलाई संसारको सबैभन्दा गतिलो र सबल प्राणी मानिएको छ ।

हाम्रो परम्परा, संस्कृति, शास्त्र शत्रुुको पहिचान र त्यसले निर्वाह गर्ने भूमिकाका बारेमा सबल तरिकाले उपस्थित भएका छन् । मानिसका आन्तरिक शत्रुुका रूपमा रहेका ती कुुरालाई हटाउने हो भने मात्र मानिस आफैंमा पूूर्ण हुने प्राणी हो । मानिसमा विद्यमान रहेका यी शत्रुुको अवस्था र यिनलाई कसरी निर्मूल पार्न सकिन्छ भन्ने सन्दर्भमा हस्तिनापुरका प्रधानसेवक युुधिष्ठिरले आफ्ना पितामह भीष्मलाई सोधेका छन् । यी शत्रुको उत्पत्ति र निर्मूल पार्ने आधारका बारेमा उनको प्र्र्रश्नले भीष्मलाई मानिसका आन्तरिक शत्रुुका बारेमा बताउन बाध्य बनाएको छ । उनको यो भनाइले हाम्रो परम्परा र मानिस भएर बाँच्ने कला सिकाएको छ । यही आधार हो मानवीय चेतना र त्यसले व्यक्त गर्न सन्दर्भ पनि ।

मानिसका शत्रुु :
युुधिष्ठिरले मानिसभित्र रहेका शत्रुुको चर्चा गर्दै भने । हे ! पितामह मानिसभित्र कतिप्रकारका शत्रुु हु्ुन्छन् र तिनलाई समाप्त पार्ने आधारहरू के हुुनसक्छन् । यही प्र्रश्न थियो उनको मानिसको कल्याणका निमित्त । यही प्र्रश्नको उत्तरमा भीष्म मानिसभित्र विद्यमान रहेका शत्रुुहरूका बारेमा भन्छन् :
यतः प्रभवति क्रोधः कामो वा भरतर्षभ
शोकमोहौ विध्रित्सा च परासुत्वं तथा मदः ।।
लोभो मात्सर्यमीष्र्या त कुुत्सासूूया कृपा तथा
एतत् सर्बंं पहाप्राज्ञ याथातथ्येन मे वद ।।
क्रोध, काम, शोक, मोह, विधित्सा (शास्त्रविरुद्धको काम गर्ने इच्छा) परासुुता (अरूलाई मार्ने इच्छा) मद, लोभ, मात्सर्य, इष्र्या, निन्दा, दोषदृष्टि, कञ्जुुसपन यी मानिसभित्र विद्यमान रहेका शत्रुु हुन् । यिनलाई नै भीष्मले मानिसभित्रका शत्रुुु माने । यी शत्रुले मानवीय भावना र मानिसभित्र विद्यमान रहेको चेतनाको बललाई समाप्त पारेका हुुन्छन् ।

यिनको निवारण गर्ने आधारलाई सामान्यतया मानिसले स्वयं आफूूमा साँचेर राखेको हुुनुुपर्दछ । यही आधारलाई जीवनको महत्तम पाटो मानिएको छ । मानिसमा यी शत्रुुहरू आफैंबाट उत्पन्न हुुन्छन् र आफैंमा विलीन भएर समापन भएका हुन्छन् । यिनको यही अवस्थाले मानिसलाई सदा जीवन्त बनाएर राखेको हुुन्छ । यी तेह्र प्रकारका शत्रुु मानिसभित्र विद्यमान रहेका हुुन्छन् । यिनको नाश गर्ने आधार नै मानिसका जीवनमा देखिने आधार हुुन् । यिनको नाश गर्ने मानवीय चेतना नै यसको केन्द्र मानिएको छ ।

उत्पत्ति र समापन :
संसारमा विद्यमान रहेका सबै अवगुुणको निवारण आफैं हुुन सक्दैन । यिनको निवारण गर्ने मानिसका आफ्नै कर्म हुुन् । ती कर्मका कारण नै मानिस सबल हुने प्राणी हो ।
लोभात् क्रोधः प्रभवति परदोषैरुदीर्यते
क्षमया तिष्ठते राजन् क्षमया विनिवर्तते ।।
क्रोध लोभबाट उत्पन्न हुुन्छ । अरूको दोष देखेर बढ्छ । क्षमा दिनाले घढ्छ र क्षमाबाट नै समाप्त हुुन्छ । क्रोधले मानिसलाई सदा गतिहीन बनाएको हुुन्छ । यही आधारलाई मानिसको जीवनको आधारभूमि मानिएको छ । मानिस क्रोधरहित हुुन सक्दैन । तर क्रोधको निवारण अन्त्यमा क्षमा मानिएको छ । क्षमाबाट क्रोधको अन्त्य हुने हुनाले मानिस क्षमाशील हुनुु अनिवार्य मानिएको छ । क्रोधको रूप र स्वरूपलाई बाहिर ल्याएपछि भीष्म मानिसभित्र सलबलाएर रहेको कामका बारेमा भन्छन् :
संकल्पजायते कामःसेव्यमाननो विवर्धते
यदा प्राज्ञो विरमते तदा सद्यः प्रणश्यति ।।
काम संकल्पबाट उत्पन्न हुुन्छ । यसलाई जति सेवन गर्‍यो उति बढ्छ । बुुद्धिले युुक्त भएको मानिस त्यसबाट विरत रहन्छ । उसमा भोगको चाहना सदा समाप्त हुनेगरेको हुुन्छ । मानिसमा विद्यमान संकल्पलाई गतिलो कुरामा समाहित गर्नु नै मानवीय भावना हो भन्ने भावलाई यहाँ उल्लेख गरिएको छ । क्रोध र कामपछि अरूलाई मार्ने चाह (परासुुता) मानिसभित्रको गतिलो शत्रुु हो । परासुुताले मानिसलाई आपराधिक क्रियामा सक्रिय बनाएर राख्ने गरेको हुुन्छ ।
परासुुता क्रोधलोभादभ्यासाच्च प्रवर्तते
दयया सर्वभूतानां निर्वेदात् सा निवर्तते ।।
क्रोध र लोभको अभ्यासले परासुुताको उत्पत्ति हुुन्छ । यसको निवारण सबै प्राणीप्रतिको दयाभाव हो । यदि दयाभाव जागृत भयो भने परासुुताको अन्त्य अनिवार्य मानिएको हुुन्छ । दया मानिसमा रहेको सबेभन्दा महत्तम गुुण हो । दयाले मानिसमा विद्यमान क्रोध नाश हुने हुुँदा दयाभावलाई जीवनमा सदा क्रियाशील बनाउनुु अनिवार्य मानिएको छ ।

मानिस ज्ञानले सजिएको प्राणी हो । उसभित्रको ज्ञानले मानिसलाई समाजको विकासका लागि समर्पित गराएको हुुन्छ । ज्ञानले पूूर्ण भएर पनि मानिसमा विद्यमान अज्ञानीपन जहिले उसको शत्रुु बनेर बाहिर आएको हुन्छ ।
अज्ञानप्रभवो मोहःपापाभ्यासात् प्रवर्तते
यदा प्राज्ञेषुु रमते तदा सद्यः प्रणश्यति ।।
अज्ञानबाट मोह उत्पन्न हुुन्छ र पाप गर्नाले बढ्ने गरेको हुुन्छ । मानिस ज्ञानीजनको संगतमा प¥यो भने उसभित्रको मोह तत्काल समाप्त भएर जाने गर्दछ । मोहको अन्त्य ज्ञान मानिएको छ । मानिस सामाजिक प्राणी हो । सामाजिक भएका कारण यसका आफ्नै शास्त्रीय मर्यादा रहेका छन् । ती मर्यादालाई उलंघन गर्ने आधार मानिसमा हुुनुुहँदैन । शास्त्रीय मर्यादा र नियमलाई उलंघन गर्ने अवस्थाालाई विधित्सा भनिन्छ ।
विधित्सा जायते तेषां तत्वज्ञानान्निवर्तते ।
शास्त्रको मर्यादालाई मान्नु मानवीय भावना हो । यदि शास्त्रप्रतिको अविश्वास जागृत भयो भने मानिसको कर्म र ज्ञानप्रतिको विश्वासमा निरासपन आएको हुुन्छ । त्यसको निवारण तत्वज्ञानले हुने कुरालाई भीष्मले युुधिष्ठिरसित राखेका छन् । मात्सर्य अरूको उन्नति देखेर मानिसमा आउने इष्र्याभाव हो । यो भाव मानिसमा सत्यको त्याग दुुष्टको संगतले जागृत भएको हुुन्छ । मानिसले गुुणीजन र श्रेष्ठ व्यक्तिको संसर्ग गरेमा मात्सर्यको समापन हुने गर्दछ ।
एतत् तुु क्षीयते तात साधूूनामुुपसेवनात् ।
मानिसभित्र विद्यमान रहेको मात्सर्य भावको नाशले उसका सबै क्रियाहरूको परिणति गतिशील रहेको हुुन्छ । भीष्मले तेह्र शत्रुुको चर्चा गरेका छन् । यिनमा सबैभन्दा बलवान् शत्रुुमाथि उल्लेख गरिएका हुन् । भीष्मले बताएका यी सबै मानवीय शत्रुु हुुन् । यी शत्रुको निवारण मानिसले आफ्नो कर्मद्वारा गर्ने गरेको हुुन्छ । यदि कर्मलाई जीवन्त बनाएर गतिशील भएमा मानिसभित्रका सबै दुुर्गुुणको समापन हुने कुरालाई मुुख्य आधार मानिएको छ । यही आधार नै मानिसमा विद्यमान भावको असल पहिचान र स्वभाव पनि हो ।

कर्मप्रतिको विश्वास :
मानिसमा विद्यमान यी दुुर्गुुण चेतनाका आधार हुुन् । यी दुुर्गुुणबाट बच्ने आधार मानिसले गर्ने कर्म हो । यही कर्मका आधारमा उसले जीवनका सबै कुुरा र आवश्कतालाई पूूर्णता दिएको हुुन्छ । आवश्यकता मानिसका लागि अपरिहार्य बनेर आएको हुुन्छ । अपरिहार्य आवश्यकतालाई पूूरा गर्न मानिस निरन्तर क्रियाशील बनेर रहने प्राणी हो । मानिसभित्रको भौतिकतापले उसभित्रको भावनालाई जीवन्त बनाएर राखेको हुुन्छ । ती भौतिकतापको आवश्यकताको पूर्ति मानिसले गर्न सकेन भने विभिन्न प्रकारका दोषबाट उसको जीवनका सबै पाटाहरू कमजोर बनेर रहेका हुुन्छन् । यही आवश्यकताको अभाव नै मानिसको चेतनाको आधार हो ।

मानिसले आफ्ना आवश्यकतालाई जीवन्तता दिनका लागि कर्ममा समर्पित रहेको हुुन्छ । त्यही आधारमा उसकाभावना सक्रिय बनेर रहेका हुन्छन् । यही कर्मप्रतिको विश्वास र आस्थाका आधारमा मानिसले सधैं जीवन्तरूप पाएको हुुन्छ । कर्मप्रति समर्पित भएन भने मानिसका सबै आधार कमजोर हुनेगरेका हुुन्छन् । जीवनप्रतिको विश्वास र बाँच्ने उसको जीजीविषाले उसलाई कर्मक्षेत्रमा समर्पित गरेको हुुन्छ ।
महाभारतको युद्ध अठार दिनमा समापन भयो । त्यो युद्ध त्यतिबेलाको विश्वयुुद्ध हो । आज रसियाले युुक्रेनमाथि आक्रमण ग¥यो । पुुटिनको सनक र अहंंले उनलाई युुद्धको भुुँवरीमा धकेलेको हो । यसैले संसारमा पेट्रोलियम पदार्थले मूूल्यले आकाश नाघिसक्यो । विकसित मुुलुुकहरू त्यही युुद्धको रापमा रापिएका छन् । विकासोन्मुुख मुलुुकहरू दिनानुुदिन आर्थिक मन्दी र महँगीको चपेटामा परिरहेका छन् । यो युद्धको निकास कहिले निस्कने हो कसैलाई थाहा छैन । दिनदिनै बढिरहेको महँगीले गरिखाने र मध्यम वर्गलाई गतिलो चोट दिएको छ ।

आजसम्म पनि युुद्धलाई रोक्ने प्रयास कतैबाट हुुन सकेको छैन । बालबालिका, वृद्धवृद्धा, गरिखाने वर्गसमेत युुद्धको चपेटाले क्षतविक्षत भएको छ । संसारका सबै देशले युुद्धलाई हेरिरहेका छन् तर निकास दिन सकेका छैनन् । मानव अधिकारको वकालत गर्ने संस्था मौन बसेका छन् । मानव अधिकारको उलंघन उनीहरूले गरिब मुुलुुकमा मात्र देखिरहेका छन् । शक्तिशाली मुुलुुकमा मानव अधिकार हनन भयो भनेर भन्न सकेका छैनन् । यो नियतिलाई संसार भोग्न बाध्य भएको छ । मानिसभित्र विद्यमान रहेका यी शत्रुुको नाश हुन सकेमा विश्व आज बसुुधैव कुुटुुम्बकम्को भावनामा गतिशील हुनसक्ने थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काे इराला
कुलप्रसाद काे इराला
2022-05-21 10:12 am

बधाइ डा गणेशजीलाई पाैरस्त्य शब्दरसायन,नीतिरस र अाचरण क्याप्सुल तयार पारी गिदीबाेसे राजनीतिकर्मीलाई खुवाउने प्रचेष्टाका लागि ।हामी प्रयत्नै मात्र गर्नसक्छैां ।जय हाेस् ।भवतु सर्वमङ्गलम् ।

छुटाउनुभयो कि ?