नरैनापुरमा जसपा विजयी

Read Time = 2 mins
A A- A+

नेपालगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिनुभएको हो ।

अध्यक्ष पदमा शाहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई एक हजार ३५२ मतको अन्तरले पराजित गर्नुभएको छ । शाहले पाँच हजार ३७ मत प्राप्त गरी विजय हुँदा निकटम प्रतिस्पर्धी मौर्यले तीन हजार ६८५ मत ल्याउनुभएको थियो । नेकपा एमालेकी पद्मावती यादवनीले तीन हजार १२२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, उपाध्यक्षमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गर्नुभएको छ । श्रीवास्तवले तीन हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी अतिकुनले तीन हजार ६७२ मत ल्याउनुभएको छ । तेस्रो स्थानमा नेकपा एमालेका पञ्चराम यादवले दुई हजार ८०४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका इसाक जोलाह, वडा नम्बर २ मा जसपाका मसुद अहमद शाह, वडा नम्बर ३ मा जसपाका अजयकुमार मिश्र, वडा नम्बर ४ मा कांग्रेसका मनोजकुमार शर्मा, वडा नम्बर ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा कांग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?