भरतपुर महानगरपालिकामा रेनुको फराकिलो अग्रता

Read Time = 1 min

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गर्नु भएको छ ।

पछिल्लो परिणामअनुसार दाहाल आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिनु भएको छ ।

७३ हजार ७८७ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २८ हजार ६०८ मत प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत ल्याउनु भएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत ल्याउनु भएको छ ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत ल्याउनु भएको छ भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १७ हजार ९२० मत ल्याउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?