सोल । दक्षिण कोरियाको प्रधानमन्त्रीमा हान डक सु नियुक्त हुनुभएको छ । नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सुलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
रायट्रपति आफूले भने यही मे १० मा शपथ ग्रहण गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री सुले यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
उहाँले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर पनि काम गर्नुभएको थियो । यस्तै सन् २०१२ देखि २०१५ सम्म उहाँले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघका अध्यक्षको पनि जिम्मेवारी पाउनुभएको थियो । एजेन्सी ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :