‘श्यामराज प्रधान : ढुंगाको कापबाट फाक्रिएको फूल’ विमोचन

Read Time = 3 mins

काठमडौं । लघु जलविद्युत्को ट्र्वाइनका डिजाइनर एवं निर्माता स्वर्गीय श्यामराज प्रधानको जीवनी ‘श्यामराज प्रधान : ढुंगाको कापबाट फाक्रिएको फूल’ पुस्तकको विमोचन भएको छ । पुस्तक तथा वृत्तचित्रमार्फत स्वर्गीय प्रधानको जीवन भोगाइ, नवीकरणीय ऊर्जा प्रविधिको विकास एवं प्रवद्र्धन र ग्रामीण ऊर्जा प्रविधिका क्षेत्रमा उहाँले पु¥याएको योगदानलगायत विषय प्रस्तुत गरिएको पुस्तक विमोचन भएको हो ।

पत्रकार राजु श्रेष्ठद्वारा लिखित एवं प्रधानले स्थापना गरेको नेपाल यन्त्रशाला इनर्जी प्रालिद्वारा प्रकाशित उक्त पुस्तक तथा वृत्तचित्र प्रधानकी श्रीमती बाबा प्रधानले विमोचन गर्नुभएको हो ।

पुस्तकमाथि समीक्षा गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखेलले लघु जलविद्युत् र नवीकरणीय ऊर्जा प्रविधिका माध्यमबाट ग्रामीण क्षेत्रमा स्वर्गीय श्यामराज प्रधानको योगदानबारे चर्चा गर्नुभएको थियो । प्रधानले सामाजिक न्यायका लागि व्यवसायभन्दा पनि प्रविधिकोे प्रयोगलाई महत्व दिएको पोखरेलले बताउनुभयो ।

नेपालको पहिलो लघु जलविद्युत् प्लान्ट स्थापना कार्यमा सहभागी प्रधानले ५० वर्षभन्दा बढी व्यावसायिक जीवनमा ४६ जिल्लामा दुई सयभन्दा बढी लघु जलविद्युत्को सर्वे, डिजाइन एवं जडान गर्नुभएको थियो ।

त्यस्तै उहाँले स्वीट्जरल्याण्डबाट सिकेको सीपलाई नेपालबाहेक श्रीलंका, केन्या, लाओसलगायतका देशका लघु जलविद्युत् टर्वाइन एवं सीप विस्तार गर्नुभएको थियो । प्रधानले लघु जलविद्युत् टवाईनको विकास र प्रवद्र्धन गरेको प्रविधिका विषयमा नेपाल लघु जलविद्युत् विकास संस्थाका पूर्वअध्यक्ष सुरेन्द्रभक्त माथेमाले प्रकाश पार्नुभएको थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य श्रीकृष्ण उपाध्यायले ग्रामीण क्षेत्रमा लघु जलविद्युत् तथा सुधारिएको पानी घट्टमार्फत विद्युतीय ऊर्जा विस्तारमा प्रधानको योगदान उच्च रहेको बताउनुभयो । सस्तो र सर्वसुलभ ऊर्जाको पहुँच विस्तारमा प्रधान रोल मोडल रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. रामप्रसाद धितालको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?