मनाइयो चलचित्र पत्रकारिता दिवस, समारोह असार ४ मा

Read Time = 3 mins

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले २३ वर्ष पूरा गरेर २४औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा क्यालेण्डर सार्वजनिक गर्दै दिवस मनाएको छ । संघले आफ्ना सम्पूर्ण सदस्यसँग मात्र यसपटकको स्थापना दिवस मनाएको चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले बताउनुभएको छ । ‘हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै आएको राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा वार्षिकोत्सव यसपटक स्थानीय तहको निर्वाचनका कारण स्थगन गर्नुपरेको हो ।

विगत दुई वर्षयता कोरोना महामारीका कारण स्थगित हुँदै आएको सम्मान तथा पुरस्कार आउँदो असार ४ गते एक समारोहको आयोजना गर्दै वितरण गर्ने छौं’, अध्यक्ष सिटौलाले बताउनुभयो, ‘माध्यम फरक भए तापनि हामीले गर्ने पत्रकारिता नै हो । हाम्रो प्रस्तुतिले फैल्याउने चेतनासँगै पार्ने असरको बारेमा हामी गम्भीर हुनुपर्छ ।’

उहाँले संघले आगामी दिनमा योजनानुसार कार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ । कार्यक्रममा एसोसिएट प्रदेश अध्यक्ष बैकुण्ठराज पराजुलीसहित संघका कार्यसमिति सदस्य र रंग पत्रकारहरूको उपस्थिति रहेको थियो । विसं २०५६ साल जेठ ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकै आधारमा यस दिनलाई स्थापना दिवसको रूपमा मनाउँदै आइएको छ ।

विक्रम संवत २०५९ सालबाट आफ्ना सदस्यलाई प्रोत्साहित गर्ने उद्देश्यले संघले सम्मान तथा पुरस्कार सुरु गरेको थियो । चलचित्र पत्रकार संघ नेपालले वार्षिकोत्सवको अवसर पारेर क्यालेण्डरसमेत सार्वजनिक गरेको छ । गत तीन वर्षयता कोरोना कहरसँग विविध कारणले रोकिएको चलचित्र पत्रकारिता सम्मान यसै वर्ष प्रदान गरिने भएको छ । संघका अनुसार असार-४ मा एक समारोहबीच तीनै वर्षका सम्मान प्रदान गरिनेछ । संघले सम्मानित पत्रकारहरूको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?