काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल-पाकिस्तानबीचको पर्यटन प्रवद्र्धनका लागि हवाई उडान व्यवस्थापनमा जोड दिनुभएको छ । पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनको अधिक सम्भावना रहे पनि त्यसलाई सहज बनाउन हवाई उडानको व्यवस्थापन मिलाउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।
शनिबार दुई मुलुकबीचको पर्यटन प्रवद्र्धनसम्बन्धी काठमाडौंमा आयोजित अन्तरक्रियामा उहाँले सरकारले दुई मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि आवश्यक योजना बनाउँदै कार्यान्वयनमा लैजान ध्यान दिनुपर्ने बताउनुभयो । पूर्वपरराष्ट्रमन्त्री पाण्डेले दुई मुलुकबीच बेला–बेला उच्चस्तरीय भ्रमण गराउन पनि पहल गर्नुपर्ने बताउनुभयो ।
नेपालस्थित पाकिस्तानका राजदूत सईद हैदर शाहले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धनका लागि प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालको प्राकृतिक, सांस्कृतिक सम्पदा अवलोकन गर्न पाकिस्तानी नागरिकले चाहना राखेकाले त्यसको संरक्षणमा नेपाल सरकारले अझ बढी ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत शाहले दुवै मुलुकको भुगोल पर्यटन प्रवद्र्धनका लागि उपयुक्त रहेको उल्लेख गर्दै दुवै मुलुकले आपसी छलफलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने बताउनुभयो । राजदूत शाहले नेपालसँगको पाकिस्तानको सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै अझै प्रगाढ भएर जाने विश्वाससमेत व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच