सानिमा डबल धमाका मुद्दती खाता

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकलाई सानिमा डबल धमाका मुद्दती खाता ल्याएको छ । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको उक्त मुद्दती खातामा ग्राहकले न्यूनतम पाँच लाख रुपैयाँको मुद्दती खाता खोल्न सक्नेछन् ।

ग्राहकले उक्त रकम साढे छ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ । मुद्दती निक्षेप रकम परिपक्वतापछि दोब्बर भई भुक्तानी गर्न सकिनेछ तर प्रतिफलमा लाग्ने कर रकम ग्राहक आफैंले बेहोर्नुपर्नेछ ।

व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सकिनेछ भने दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्डका लागि आवेदन पनि दिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?