सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड

Read Time = 1 min

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘बेष्ट अपरेसन बैंक इन साउथ एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगमद्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।

निगमको ट्रेड फाइनान्स कार्यक्रमअन्तर्गत पाँच सय साझेदार बैंकको प्रतिस्पर्धात्मक प्रक्रियाका आधारमा विभिन्न विधामा ४८ विजेता छनोट गरिएकोमा सिद्धार्थ बैंकले उक्त अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ ।

अवार्ड शुक्रबार विशेष कार्यक्रममा निगमतर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?