काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेशसमक्ष प्रस्ताव गरेको छ । नेपाल विद्युत् निर्यात गर्न सक्ने हैसियतमा पुग्न लागेको जानकारी गराउँदै बंगलादेशसँग विद्युत् व्यापारका लागि चेम्बरले प्रस्ताव गरेको हो ।
नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बंगलादेशी दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल, भारत र बंगलादेशबीच भएको विद्युत् व्यापारसम्बन्धी त्रिपक्षीय सम्झौता कार्यान्वयनमा जोड दिनुभयो ।
नेपालस्थित बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चोधुरीसँग अध्यक्ष मल्लले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको सन्दर्भ उल्लेख गर्दै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि तीन देशका ऊर्जामन्त्रीबीच तत्काल परिणाममुखी बार्ता आवश्यक रहेको बताउनुभयो । वार्ताको पहल गर्न निजी क्षेत्र तयार रहेको पनि उहाँले बताउनुभयो ।
भारतमा हालकै प्रसारणलाइनबाट कम्तीमा ५० मेगावाट विद्युत् निर्यातका लागि तयारी गर्न सकिने र अन्य सेवा सर्तका लागि तीनवटै मुलुकले गृहकार्य गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । चेम्बरका अनुसार बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुईपक्षीय छलफल भएको थियोे । चेम्बर अध्यक्ष मल्लले विद्युत् व्यापारको सहजीकरणसँगै नेपालमा जलविद्युत्मा लगानी गर्न बंगलादेशका राजदूत चोधुरीसँग गर्नुभएको थियो ।
त्यसैगरी नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफूहरूले पहल गर्ने उहाँले जानकारी गराउनुभयो ।
नेपालस्थित राजदूत चोधुरीले नेपालमा उत्पादित विद्युत् खरिद गर्न बंगलादेश तयार रहेको बताउनुभयो । अबको केही दशकभित्रै बंगलादेशले ग्रिन इनर्जीलाई प्रोत्साहित गर्ने जानकारी गराउँदै सोहीअनुसारका प्राथमिकता र योजना बनिरहेको बताउनुभयो । चौधुरीले भन्नुभयो, ‘नेपालको विद्युत् खरिद गर्न हामी आतुर छौँ, भारतको बाटो भएर विद्युत् खरिद गर्न आवश्यक प्रक्रिया तत्काल सुरु गर्न आफ्नो देशको सरकारसमक्ष पहल गर्नेछु ।’ नेपालसँग लगानी सुरक्षणसम्बन्धी छुट्टै सम्झौता गर्न पहल गरे पनि परिणाम हासिल हुन नसकेको पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच