बागलुङमा पलम र ऐंसेलु खाँदा पाँच बालबालिका बिरामी

Read Time = 2 mins

-डम्मर बुढा मगर
बागलुङ । बागलुङमा पलम र ऐंसेलु खाँदा पाँच बालबालिका बिरामी परेका छन् । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँका घर नजिकैको बारीमा पाकेको पलम र ऐंसेलु खाँदा बालबालिका बिरामी परेका हुन् ।

ऐंसेलु र पलम खाँदा बिरामी परेका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, ३ वर्षका सायना सुनार र १४ वर्षका मिलन सुनारको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनु भयो ।

खाएका पाँच बालबालिका शनिबार राती बिरामी परेपछि धौलागिरी अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ । ऐंसेलु र पलम खाएका बालबालिकाहरुमा झाडा पखला, वान्ता लगायतका समस्या देखिएको छ ।

उनीहरुले खाएको पलम र ऐसेलुले फुड पोइजनका कारण बिरामी परेको र उनीहरुको अवस्था अहिले सुधारोन्मुख रहेकोे धौलागिरी अस्पतालका बालरोग विशेषज्ञ डा. कृति कंडेलले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?